धनगढीस्थित एक पसलमा भिषण आगलागी

| 2018 Oct 22 | 04:53 pm 2216

धनगढी, कात्तिक ५  : धनगढीस्थित एक पसलमा आगलागी भएको छ। धनगढीको सब्जीमन्डी जाने बाटोमा रहेको गणेशलक्ष्मी र सरस्वती इन्टरप्राइजेटको गोदाममा आगलागी भएको हो। विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रत्यक्षदर्शीले जनाएका छन्।

आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका दुर्इ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय व्यापारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

जुत्ताचप्पलको थोक विक्रेता रहेको उक्त पसलमा सबै सामानहरु नष्ट भएका छन्। व्यापक क्षति भएपनि कति रकम बराबरको क्षति भएको भन्ने अहिले यकिन भइसकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.