धनगढीमा विजयको हत्‍या, लछार्दै लास लगिरहेको बेला एक पक्राउ

| 2018 Nov 17 | 02:46 pm 1881

धनगढी, मंसिर १ : प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नजिकै धनगढी उपमहानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो।

वडा नम्वर ४ कै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कै आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोधपुछका लागि हत्या भएको नजिकै घर भएका घरधनी दिपेन्द्र चौधरीलाई पनि पक्राउ गरिएको छ। शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ।

घटनास्थललाई घेरिएको तर राति भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले बिहान मुचुल्का उठाउनले प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.