द्रुत बस सेवाका लागि छुट्टै लेन

| 2023 Sep 19 | 06:05 pm 1933

काठमाडाैं, असोज २ ।  भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा संचालन हुने भएको छ । त्यसका लागि अहिले सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ।

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवाका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको छ।

नेपाल यातायात व्यवसायी महासंघको सहकार्यमा संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुचारु हुनेछ।  सुरूमा २५ वटा बस सञ्चालनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए।

द्रूत बस सेवाअन्तर्गत बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजे सम्म ती बसहरुले सेवा दिने छन् । द्रुतबसका लागि तोकिएको समयमा उक्त डेडिकेटेड लेनमा एम्बुलेन्स, शववाहन, दमकललगायत अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन्।

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.