दौसी भैलोको रकमबाट अक्षयकोष स्थापना

रिपोर्ट नेपाल | 2018 Nov 17 | 10:04 pm 2197

दाङ, मंसीर १  : नेपाल प्रेस युनियन दाङले तीहारमा खेलिएको दौसी भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ । युनियनको आज शनिवार घोराहीमा बसेको बैठकले आपतकालीन (अप्ठेरो)मा परेका पत्रकारहरुलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषबाट जम्मा भएको व्याजले युनियनमा आवद्ध पत्रकारहरु अप्ठेरोमा परेको समयमा सहयोग गर्ने छ । संकलित रकममध्ये एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने बैठकले निर्णय गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले लमहीमा रहेको जग्गामा भवन निर्माणको कार्यलाई अगाडी बढाउने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.