काठमाडौं, असार ३२ : दोहोरी साँझमा तोडफोड गरेको भन्दै महाराजगन्ज प्रहरीले कलाकार नरेन खड्कासहित नौ जनालार्इ नियन्त्रणमा लिएर हिरासमा राखेको छ।
एक हप्ताअघि पक्राउ परेका उनीहरुले राति १२ बजतिर मदिरा सेवन गरी आपसमा कुटपिट गरेको र दोहोरी साँझ तोडफोड गरेको आरोपमा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको हो। उनीहरुले त्यहाँ रहेका थुनुवालार्इ समेत कुटपिट गरी घाइते बनाएका छन्।
महाराजगन्जमा रहेको ढुकढुकी दोहोरी साँझमा मदिरा सेवन गरी तोडफोड गरेका थिए। पक्राउ पर्नेमा खड्कासहित दोहोरी सञ्चालनक कृष्ण मल्ल ठकुरी, गायक प्रभु पाण्डे, दोहोरी साँझका कर्मचारी नविन विश्वकर्मालगायतका रहेका छन्।
उनीहरुलार्इ म्याद थप गरी घटना थप अनुसन्धान भइरहेको महाराजगन्ज प्रहरीले जनाएको छ।