काठमाडाैं, फागुन २३ः सेना दिवस-२०७८ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ श्री गोरख बक्स गणले विभिन्न सरकारी निकाय, संघ संस्था तथा स्थानीय समुदायसँगको सहकार्यमा ऐतिहासिक तथा धार्मिक महत्वको लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरेको दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधीश माननीय चन्द्र प्रकाश
तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त दौड प्रतियोगितामा भोटेकोशी गा.पा.का अध्यक्ष तथा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, श्री नं. २६ बाहिनी अड्डाका बाहिनीपति लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न व्यवसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
साथै, १ सय १ जना पुरुष र १८ जना महिला गरी जम्मा १ सय १९ जना खेलाडीहरु सहभागी भएको उक्त दौड प्रतियोगिताको नतिजा तथा पुरस्कार विवरण निम्न अनुसार भएको समेत जानकारी गराइएकाे छ ।
नामथर हांसिल गरेको स्थान पुरस्कार
खुल्ला तर्फ
1 देवराज महतरा प्रथम रु. 1,१०,000।- नेपाली सेना
2 श्रीकाश राई द्वितिय रु. ७५,000।- नेपाली सेना
3 सुमन कुलुङ्ग तृतीय रु. ५५,000।- गैह्र सैनिक व्यक्ति
4 भिम बहादुर गुरुङ्ग चौथो रु. ४०,000।-
5 राजेन्द्र राई पाँचौ रु. ३०,000।-
6 याङ्गदेव राई छैटौ रु. २०,000।-
महिला तर्फ
7 नितु तामाङ प्रथम रु. ६०,000।- गैह्र सैनिक व्यक्ति
8 भगवती खत्री द्वितिय रु. ३५,000।- गैह्र सैनिक व्यक्ति
9 पासदिकी शेर्पा तृतीय रु. २०,000।– नेपाली सेना