काठमाडौं, साउन ६: नेपाली कांग्रेसका युवा नेता एवम् नेविसघं पूर्व अध्यक्ष नैनसिहं महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी वर्तमान सरकार कार्यकर्ता पोस्ने काममा लागेको बताएका छन् ।
बीपी कोइराला पब्लिक पोलीसीको आयोजनामा काठमाडौंमा आयोजीत कार्यक्रममा महरले, सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौ नेपाली जनता बाढी पहिरोले मृत्यु हुनुका साथै हजारौं घरवार बिहिन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पिडितका लागि उपयोग नभएको वर्तमान कम्युनिस्ट सरकार जनताको पक्षमा उदासीन रहेको नेता महरले बताए ।
दैवीप्रकोपको लागि छुट्टाइको सरकारी पैसा केपी ओली जी आफ्ना पार्टीका नेता कार्यकर्तालाई योजनाका नाममा बाड्दैछन्, यो अत्यन्तै अमानविय र निन्दनिय कार्य हो, उनले भने, सरकारको यस्तो जनघाती कदमविरुद्ध युवाहरूको शसक्त प्रतिकार आवश्यक छ। उनले सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी दिए।
कार्यक्रममा महरले बीपीले नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चासमेत गरेका थिए।
जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि गरेको राजनीतिक नेतृत्वका बारेमा नेता महरले चर्चा गरेका थिए।