दैलेख जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

रिपोर्ट नेपाल | 2018 Nov 28 | 02:32 pm 1829

दैलेख, मंसिर १२ :  दैलेखमा आज बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ। भे १ च २२०७ नम्बरको बोलेरो जीप सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गर्दा बिहान ठाँटिकाँध गाउँपालिका ३ स्थित धामीगाउँ नजिक दुर्घटना भएको हो। दुर्घनामा परी २ जना घाइते छन्।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका वडा नम्बर १ का ३० वर्षीया निर्मल बम, वडा नम्बर ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, वडा नम्बर ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌म्बर ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌म्बर १ का समशेर पुन रहेको दैलेख प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.