देशै भर धुमधाम संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल विरोधमा उत्रिए

| 2018 Sep 19 | 07:07 pm 2365

जनकपुर, असोज ३  :  केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)कै नेता संविधान दिवसको विरोधमा उत्रिएका छन्।

जनकपुरमा बुधबार दिउँसो राजपाका नेताले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरेका हुन्। विरोध कार्यक्रममा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भएका छन्। मन्त्रीकै अगुवाइमा विरोध प्रदर्शन भएको हो।

यसअघि जनकपुरमै प्रदर्शनमा उत्रिएका सिके राउतका दुई सयबढी कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरिसकेको छ। राउतका कार्यकर्ताका पछिपछि राजपाका नेता तथा कार्यकर्ताले संविधानको विरोध गर्दै जुलुस निकालेका हुन्।

तीन वर्षअघि संविधानसभाबाट बनेको संविधान त्रुटिपूर्ण भन्दैआएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई संसदमा समर्थन पनि गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.