देशभरको मौसम बदली हुनका साथै मेघगर्जनसहित पानी पर्छ : पूर्वानुमान महाशाखा

रिपोर्ट नेपाल | 2019 Feb 27 | 04:51 pm 1561

काठमाडौं, फागुन १५ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताइन । उनकाे अनुसार पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ। यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। उहँकाे अनुसार शुक्रबादेखि मात्रै मौसममा सुधार आउने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.