गुल्मी, कात्तिक ११: आइतबार राति देउसी भैलो खेल्न हिडेको समुह ट्याक्टर दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ स्थित मदनभण्डारी राजमार्गको बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
घाइते मध्ये गम्भीर घाइते भएका इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल, २९ वर्षीय प्रेम कुमालको पाल्पामा उपचार भइरहेको प्रहरी पउपरीक्षक खड्काले बताए ।
अन्य ११ जना घाइतेहरुको भने जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको प्रहरीले बताए । अहिले उनीहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।
ट्याक्टर सडकमै पल्टिएर दुर्घटना भएको बुझिएको छ । उक्त ट्याक्टर चालक भने अहिले फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरीले बताए