देउसी भैलोबाट उठेको रकमले २ दिने निःशुल्क स्वास्थ्य शिविर

| 2022 Dec 25 | 06:43 pm 2885

  • शंकर रिखाम मगर

उदयपुर, पुस १०ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ स्थित रहेको नवज्योती आधारभुत विद्यालय राजाबासमा आजबाट २ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन भएको छ । स्थानीय युवाहरुको समुह राजाबास युवा सन्जालले आयाेजना गरेको उक्त स्वास्थ्य शिविरमा नोवेल अस्पताल विराटनगरको समन्वय रहेको छ । शिविर भोली सोमबारसम्म सन्चालन हुने आयाेजकले जनाएकाे हाे ।

No description available.

पहिलो दिनको स्वास्थ्य परीक्षण गर्ने क्रमको उद्घाटन ९३ वर्षिय वृद्ध ज्योतिष प्रसाद भट्टराइबाट परीक्षण सुरुवात गरिएको थियो । शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, सल्यक्रीया (सर्जरी) विशेषज्ञ, आँखा रोग विशेषज्ञ, भिडियो एक्सरे र इसिजी सेवा उपलब्ध गराएका थिए ।

No description available.

शिविरमा त्रीयुगा नगरपालिका वडा नम्वर ७ र १६, उदयपुरगढी गाउँपालिका ६, ७ र ८, रौतामाई गाउँपालिका ७ र ८ वडाका बालबालिका तथा महिला, पुरुष, युवा युवती तथा स्थानीय सुरक्षा निकायले समेत आफ्नो उपचार गरि लाभ लिएका थिए ।

No description available.

बर्षै पिच्छे देउसी भैलो खेलेर समुदायमा रहेका व्यक्तिहरुले वनभाेज र रमाइलोमा खर्च गर्ने गरेको पाइएता पनि अबको दिन र समयमा गाउँमा मात्र होइन देश भरिनै नयाँ सन्देश र नयाँ वातावरण सृजना गराउने उद्देश्यले तीहारमा देउसी भैलो खेली जम्मा भएको रकमबाट शिविर सन्चालन गरेको राजावास युवा सन्जालका अध्यक्ष कृष्ण राईले बताए । शिविर सन्चालनका कुनै पनि निकाय तथा कुनै व्यक्तिहरुले आर्थिक सहयोग नगरेको पनि सन्जालका अध्यक्ष राइले बताए ।

No description available.

घरमै आएको सेवा सुविधा लिन पाउनु भनेको अतिनै खुशिको कुरा हो, यति चेकजाँच गर्नलाई विराटनगर जानु पर्दा १० देखि १२ हजार सम्म खर्च हुने भएको र अहिले आफ्नै घरमा खानपिन गरि निःशुल्क रुपमा सेवा लिन पाउँदा खुसी व्यक्त गर्दै सेवा ग्राहीले आयोजक टिमलाई धन्यवाद दिएका छन् ।

No description available.

आकस्मिक रुपमा शिविर सन्चालन भएकोले स्थानीय तहबाट केही सहयोग गर्न नसकिएको बताउँदै आगामी दिनमा सन्चालन गरिने यस्ता शिविरहरुमा पूर्ण रुपमा साथ सहयोग हुने रौतामाई गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मनोजकुमार राना मगरले बताए ।

अझ विपन्न स्तरका व्यक्तिहरुले यति जाँच गर्न जानुपर्दा पैसाको व्याज बोक्नु बाध्यहुने इलाका हुलाक कार्यलय रौताका निमित्त कार्यलय प्रमुख पदम कार्किले बताए ।

No description available.

शिविर सन्चालनको पहिलो दिन आज आइतबार महिला तर्फ २ सय ५१ र पुरुष तर्फ २ सय ५२ गरि जम्मा ४ सय ३ जनाले आफ्नो स्वास्थ्य उपचार सेवा लिएका थिए ।

No description available.

उक्त शिविरमा नोवेल अस्पताल विराटनगरबाट डाक्टर एमडी मुकुन्द कुमार झा र महिला तर्फ डाक्टर एमडि पुजा ‌श्रेष्ठकोको साथमा १८ जना डाक्टरहरुको समुहले पहिलो दिनको सफल उपचार सम्पन्न गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.