देउसी भैलोको पैसाले ७ सय ४ को निःशुल्क स्वास्थ्य परीक्षण

| 2022 Dec 26 | 09:30 pm 2069

  • शंकर रिखाम मगर

उदयपुर ,पुस ११ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ अन्तर्गतको राजाबास युवा संजालले देउसी भैलोबाट उठेको रकमले ७ सय ४ जनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

No description available.

स्थानीय नवज्योती आधारभुत विद्यालयमा पुस १० गतेबाट सन्चालन गरि ११ गते सम्पन्न गरिएको हो । नोवेल अस्पताल विराटनगरको समन्वय रहेको शिविरमा विभिन्न किसिमका रोगहरुको स्वास्थ्य परीक्षण गर्ने क्रममा गर्भवती महिला, ६ महिनाको शिशु देखि ९३ वर्षिय वृद्धासम्मले शरिरमा हुने सम्पूर्ण रोगको विज्ञ डाक्टरहरुबाट परीक्षण गराएका थिए ।

No description available.

यस्तो शिविरहरु सन्चालनको निम्ति युवाको युग नै आवश्यक देखिन्छ अरुले सक्दैन । त्यसैले जहाँ जहाँ बयल गाडा पुग्छ, त्यहाँ त्यहाँ नोवेल अस्पताल विराटनगरको गाडी शिविर र उपचारको निम्ति पुग्छ साथै न्युरो सम्वन्धी सम्पूर्ण उपचार हुने र मृगौला ट्रान्सफोरेशनको सल्यकृया सम्वन्धी उपचार पनि हुने डाक्टर एमडी कुमुदकुमार झाले बताए।

No description available.

शिविरमा जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, सल्यक्रीया (सर्जरी) विशेषज्ञ, आखा रोग विशेषज्ञ, भिडियो एक्सरे र इसिजी सेवा उपलव्ध गराइएको थियो । शिविरमा त्रीयुगा नगरपालिका वडा नम्वर ७ र १६, उदयपुरगडी गाउँपालिका ६, ७ र ८ र रौतामाई गाउँपालिका ७ र ८ का विपन्न तथा अति विपन्न परिवारमा रहेका समुदायलाई लक्षित गरि शिविर सन्चालन गरिएको सन्जालका अध्यक्ष कृष्ण राइले बताए ।

देउसी भैलो खेलेर समुदायमा रहेका युवा युवतिहरुले वनभोज र रमाइलोमा खर्च गर्ने रकमबाट विपन्न वर्गका समुदायलाई सेवा दिन पाउँदा हर्षित पनि भएको अध्यक्ष राइले बताए ।

No description available.

कुनैपनि स्थानीय तह तथा संघ संस्थाबाट बिना सहयोग पनि हामि सन्जालको सम्पूर्ण टिम मिलेर शिविर सम्पन्न गर्न सफल भएको सन्जालका उपाध्यक्ष शन्तवहादुर नेपालले बताए ।

उक्त स्वास्थ्य शिविरमा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रतिनिधि धनकुमारी थापा मगरले पिउने पानी सहयोग गरेकी थिइन् । हजारौं रुपैयाँ खर्चगरि उपचार गर्न गाह्रो हुने विपन्न वर्ग समुदायका व्यक्तिहरु खुशी देखेकोमा आयोजक युवा सन्जाललाई उनले धन्यवाद् दिइन् ।

दुई दिनसम्म सन्चालन भएको उक्त शिविरमा महिला तर्फ ४ सय ४० र पुरुष तर्फ २ सय ६४ गरि जम्मा ७ सय ४ जनाले प्रत्यक्ष रुपमा सफल स्वास्थ्य परीक्षण गराएका आयोजकले बताए ।

शिविरमा नोबेल अस्पताल विराटनगरका डाक्टर एमडी कुमुदकुमार झा र महिला तर्फ डाक्टर एमडि पुजा ‌श्रेष्ठको लगायत १८ जना डाक्टरहरु स्वास्थ्य शिविरमा परिचालन गरिएको थियो । आउदो समयमा पनि यस्ता खालको शिविर सन्चालन गरेमा नोबेल अस्पताल विराटनगर सहयोग र समन्वयको लागि तयारी रहने डाक्टर झाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.