देउसिभैलाेकाे रकमले गाउँको सफाई

रिपोर्ट नेपाल | 2018 Nov 17 | 01:43 pm 1620

गुल्मी मंसिर १ : नेपालीको महान दाेस्राे चाड तिहारमा खेलिने देउसी भैलो बाट प्राप्त रकम बाट सफाइका लागि युवाहरूले डस्फिन खरिद गरेका छन्।रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार जिल्लाको कालिगण्डकी गाउँ पालिका वडा नम्बर ७ छापचाैरका युवाहरूले यस्तो प्रशंसनीय काम गरेका हुन।

कैयौँ स्थानमा भैलो खेलेर बनभाेज जाने प्रवृत्तिलाई चुनाैति दिँदै छापचाैरका युवाले डस्फिन खरिद गरेका छन्।गाउँमा सफाइ राख्नका लागि युवाले ठाउँ – ठाउँमा डस्फिन राख्न थालेको पूर्व गाविस अध्यक्ष गोपाल श्रेष्ठले बताए ।स्थानीय युवा कल्वकाे सक्रियतामा देउसी भैलो खेलिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.