देउवा–सिटौला एउटै प्यानलमा

| 2021 Dec 11 | 08:20 am 2241

१३औं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा जम्मा खसेको मतको १० प्रतिशत अर्थात् ३ सय २४ मत मात्र ल्याएका सिटौलाले दोस्रो चरणमा देउवालाई सहयोग गरेर सभापति बनाएका थिए। १४औंमा आइपुग्दा पनि देउवासँगै सहकार्य गर्न पुगेका छन्। सिटौला समूहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र ३५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ। आफ्नो समूहको नेतृत्व सिटौला आफैंले गर्ने भएका छन्। उनी पार्टी उपसभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्। महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सममहामन्त्रीमा काभ्रेका नेता जिल्ला सभापतिसमेत भइसकेका नेता शिवप्रसाद हुमागार्इं उठ्ने सिटौला निकट एक नेताले बताए।

महाधिवेशनपछि देउवाले सिटौलालाई कार्यवाहक सभापति बनाउने र सिटौलाले देउवालाई निर्वाचनपछि पनि प्रधानमन्त्री बनाउने सहमति भएको सिटौला निकटका एक नेताले जानकारी दिए। केन्द्रीय समितिबाट निर्णय गराएर कार्यवाहक दिनुपर्ने भनी सिटौलाले राखेको सर्त देउवाले स्वीकारेका छन्।

सिटौला ३५ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाउन राति मध्यरातसम्म छलफलमा जुटेका थिए। शुक्रबार राति देउवा र सिटौलाले संयुक्त प्यानलको अन्तिम टुंगो लगाउने भएका छन्। सिटौला समूह गणितीय हिसाबले निर्णायक छ। सिटौला समूहमा पछिल्लो समय आठ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि नै छन्। शीर्ष नेता पौडेल समूहको भने सभापतिमै सहमति जुट्न सकेको छैन। कांग्रेस महाधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.