दृष्टी बिहीनमाथि ठेकेदारको लापरबाही

रिपोर्ट नेपाल | 2022 Aug 01 | 12:46 pm 2157

काठमाडौं, साउन १६ः सरकारले दृष्टी बिहीनलाई पैदल हिड्न सजिलो होस् भनेर बनाइदिएको ट्र्याक निर्माण कम्पनीको चरम लापरबाहीका कारण दृष्टी देख्नेलाई समेत हिड्न अप्ठ्यारो हुने गरेको छ ।

No description available.

निर्माण कम्पनीले बढी नाफा कमाउन कमसल बनाएका कारण पुतली सडकका दृष्टी बिहीन हिड्ने सडकका प्लेट फुटेका मात्रै छैनन् राम्रोसँग फिट नगरेर हल्लीने गरेका छन् ।

कमसल खालका ति प्लेटहरु अनामनगरकामा फुटेर बिजोग देखिन्छ । ठाउँ ठाउँमा प्लेट नै भत्कीएर दुष्टी बिहीनलाई हिड्न कठिन हुने गरेका छन् ।

राजधानीको मुटुमा त निर्माण कम्पनीले ठाडै ठगी गरेका छन् भने देशका कुना काप्चामा कस्तो काम गर्छन होला ? प्रश्न खडा भएको छ । दुष्टी बिहीनको सडकबाट समेत बढी नाफा खोज्ने गलत निर्माण व्यवसायीलाई कसले कारबाही गर्ने ?

यसरी उज्यालोमै ठगी गर्ने ठगलाई कारबाही गर्ने निकायले पनि त्यसैको कमिशनमा मौन रहेको त होइन भन्ने प्रश्न सर्वसाधारण जनताले गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.