दृढ कार्यान्वयन खोजिरहेको उत्कृष्ट जनपक्षीय बजेट

| 2022 May 30 | 09:52 am 7845

गंगा रावत (सागर)

सन् १७३३ बेलायत, १८०३ फ्रान्स, १८६०भारत हुँदै बि.स.२००८ देखि नेपालमा बजेट ल्याइने ऐतिहासिक पृष्ठभुमि रहेको छ । जसकै निरन्तरता आर्थिक बर्ष २०७९ र ०८० को राजनितिक दृष्टिकोण कार्यान्वयन गर्ने आर्थिक नीति बजेट आइतबार प्रधानमन्त्री सेर बहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) द्वारा पेश गरियो । माओबादी केन्द्रकै संघर्ष र बलिदानिले प्राप्त ब्यवस्था भित्र अवस्था बदल्ने लक्ष्य र गठबन्धन सरकारको प्रतिबद्धता कै जगमा जनताका वर्तमान आवस्यकता र रुचिहरु अनि सरकारका नितिहरु समेटी १७ खर्ब ९३ अर्ब आकारको बजेट ल्याइएको छ । सबै तहको समानुपातिक बिकास, आर्थिक स्थायित्व सहित पूँजी वृद्धि र समान वितरण, सुदृढ शान्ति सुरक्षा, दुर्त र पारदर्शी पूर्वाधार विकास, कृषि र शिक्षा क्षेत्र को पुनरसंरचना र विकास, सामाजिक कल्याणमा राज्यको दायित्व अभिवृद्धि, सहकारी मार्फत रोजगारि सिर्जना र गरिबी निवारण जस्ता लक्ष्य छन् ।

No description available.

कर्मकाण्डी सरकारका झै हावादारी गफ नगरी लक्ष प्राप्तिको दृढ़ संङ्कल्प, श्रोत ब्यवस्थापन र समान बितरण सहित बजेट ल्याइयको छ ।

गठबन्धन सरकार र जनताको पार्टी (माओबादी केन्द्र)को निर्देशन मा सफल कमाण्डर तथा सरकारका अर्थमन्त्रीद्वारा बजेटमा सम्बोधन गरिएका महत्त्वपूर्ण राष्ट्र र जनताका सवालहरुः–

–उत्पादनमा आधारित अर्थतन्त्र
–कृषि क्षेत्रको रुपान्तरण
–पर्यटन क्षेत्रको उत्थान
–निर्यात प्रबर्द्धन र आयात प्रतिस्थापन
–कृषि राष्ट्रिय वर्ष मनाइने
–कृषि एम्बुलेन्सको व्यवस्था
–कृषिको न्यूनतम मूल्य निर्धारण गरिने –प्रत्येक वडामा कृषि विज्ञको व्यवस्था गर्ने र बाँझो एवं खालि जग्गाको प्रयोगमा ल्याइने
–कृषि कर्जाका को व्यवस्था गरिने
–धान, गहुँ मकै र दुधको न्यूनतम समर्थन मूल्य तोकिने
–कृषि तथा पशु बीमाको ब्यवस्था
–आफै उत्पादन आफ्नै उपभोगको नीति अबलम्बन गर्ने
–स्टार्टप बिजनशका लागि सुरुवाती पुँजीको व्यवस्था
–१०५ स्थानमा औद्योगिक ग्रामका लागि व्यवस्था गरिने
–भारतको सिलगढीदेखि झापाको चारआलिसम्म पेट्रोलियम पाइपलाइन र अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
–नापजाँच र दर्ता हुन बाँकी जग्गा लाई अभिलेखिकरण र पुर्जा बितरण
–घरेलु, साना तथा लघु उद्योगहरुलाई रोजगारी सिर्जनाको मुख्य आधार बनाइने
–वैदेशिक रोजगारीबाट फर्केकालाई अनुभवका क्षेत्रमा लाग्ने गरि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने
–दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि श्रमिक र श्रमदाता को बीचमा करार बाँधिने
–जेष्ठ नागरिकहरुका उपचारको व्यवस्था
–९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराइने
–कमाउँदै पढ्दै कार्यक्रमलाई थप प्रयोगमा ल्याइने
– १ हजार सामुदायिक विद्यालयको सुधार गरिने
–दिवा खाजा कार्यक्रमलाई ६ कक्षासम्म विस्तार गरिने
–एक घर एक धारा कार्यक्रम कार्यान्वयनमा ल्याइने
–विभिन्न १२ वटा सहरमा एकीकृत खानेपानी तथा सरसफाइ तथा ढल निकास –एक प्रदेश एक खेल मैदान कार्यक्रमलाई अघि बढाइने
–खेलाडीहरुलाई आजीवन जीवन वृद्धिको व्यवस्था
–काठमाडौंको गोठाटारमा ४५ बेडको जेष्ठ अस्पताल र १६५ जनाको वृद्ध आश्रम निर्माण
–काठमाडौं–चितवन, चितवन–रामपुर बुटवल, चितवन–रामपुर–पोखरा द्रुत मार्ग निर्माण गरिने
–२५७ किलोमिटर सडक सञ्जाल विस्तार गरिने–मुग्लिन–पोखरा सडक सडक स्तरउन्नती –नागढुंगा–सिस्ने सुरुङ्गमार्ग –सिद्धबाबा सुरुङमार्गको अध्ययन गरिने
–यातायातलाई विद्युतीय सवारीमा रुपान्तरण गरिने
–विद्युतीय प्रयोग बढाई पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको उपभोग घटाइने
–वाणिज्य बैंकहरुलाई स्थानीय तहमा एक शाखाबाट कम्तिमा ५ वटा कृषि उद्योगमा लगानी गर्न लगाउने
–एक घर एक बीमा कार्यक्रम
–सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा हेटौंडामा उत्पादित कपडाको पोसाक प्रयोगमा ल्याइने
–शान्ति प्रक्रियाका बाँकी काम पुरा गरिने –जनयुद्ध, राष्ट्रिय राजनीति आन्दोलनमा सरिक योद्धाहरुलाई लोकतान्त्रिक सेनानीको रुपमा सम्मान गरिने
–कर्मचारीको तलवमा १५ प्रतिशत वृद्धि
–संघीय निजामति कर्मचारीमा १० प्रतिशत दरबन्दी कटौती गरिने
–गरिबलाई खाद्य सुरक्षा परिचयपत्र बितरण गरिने
–जीवन बीमा गर्दा ४० हजार रूपैयाँ आयकर छुट दिइने
–प्रत्येक घरलाई विद्युतीय चुलो निशुल्क दिइने –मिर्गौला प्रत्यारोपण निःशुल्क, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार मासिक भत्ता
–अब ६८ बर्ष उमेरका बृद्धबृद्धाले बृद्धभत्ता मासिक ५ हजार पाउने
–म्यादी प्रहरीलाई तालीम दिएर विभिन्न क्षेत्रमा काममा लगाइने
–सहिद स्मृति आवासीय विद्यालयलाई प्राविधिक विद्यालय बनाईने
–अपांगता भएका ब्यक्तिहरुको निशुल्क उपचार
–आगामी बर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा
–प्रदेस कार्यालय बाटै सवारी लाइसेन्स बितरण गरिने
–किसानले लिएको ऋण मिनाहा गरिने

–२ बर्ष भित्र सबै घरलाई बिजुली

No description available.

उत्कृष्ट जनपक्षीय बजेटका निम्ति हाम्रो पार्टी माओबादी केन्द्र, गठबन्धन सरकार र फिल्ड कमाण्डर अर्थमन्त्री ज्यू मा सलाम छ । उद्देश्य र योजना उत्कृष्ट हुँदाहुदै पनि कार्यान्वयन र अनुगमन फितलो बनिदिदा संसार भरिका केही बजेटहरु असफल बनेका उदाहरणहरुको सापटी लिँदै सफल कार्यान्वयनका निम्ति जागै बस्नुहोस, खबरदार गर्नुहोस् र सफल बन्नुहोस अर्थमन्त्री ज्यूमा अनुरोध छ ।

असफलताको छुट हुनेछैन इतिहासले दिएको अवस्था परिवर्तनको जिम्मा यस जनपक्षीय बजेटको सफल कार्यान्वयन मै जोडिएको छ । शुभकामना । शुभकामना ।। शुभकामना ।।।

(लेखक युवा विशेष महाशाखा  सम्पर्क कर्णालीका संयाेजक हुन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.