दुर्लभ कछुवासहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 12 | 05:11 pm 3398

काठमाडौं, भदौ २७ः दुर्लभ कछुवासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नपा २ का सर्वराज बुढा, नुवाकोट बेलकोट गढी नपा ५ का सुरेन्द्र श्रेण्ठ, काभ्रे नमोबुद्ध नपा ८ का सन्तोष रम्तेल, रौतहट चन्द्रनिगाहापुर नपा ३ का रुपेश तिमल्सिना र नुवाकोट बेलकोट गढी नपा ५ का प्रमोद बास्कोटा रहेका छन् ।

उनीहरुलाई शनिबार बिहान साढे ११ बजेको समयमा काठमाडौं महानगरपालिका १४ कंलकी मकालु पेट्रोल पम्प अगाडीबाट प्रहरी बृत्त कालिमाटी, महाशाखा अन्तर्गत पीसीसीबी कालिमाटी, पीसीसीबी स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको महाशाखाले जानकारी दिएको हो ।

चितवन तर्फबाट अन्दाजी मुल्य ३५ लाखमा बिक्रि बितरण गर्न भनि लिएर आएको करिब ७ सय ग्राम तौल तथा लम्बाई १२ ईन्च भएको पहेलो रंगको अबैध बन्यजन्जु कछुवाहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि बृत्त कालिमाटीमा राखिएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.