जेसीबी दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन घाईते

रिपोर्ट नेपाल | 2020 Sep 21 | 10:45 am 2541

बझाङ, असाेज ५ः गएराति जिल्लाको बुंगल नगरपालिका- १ दहबगरमा जेसीबी  दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहरा रहेका छन् । मृतक बाेहरा महेन्द्र मा‍वि दहबगरकाे प्राथमिक तहका स्थायी शिक्षक भएकाे बुझिएकाे छ ।

उक्त दुर्घटनामा परी घाइते हुनेमा बुंगल नगरपालिका- ९ देउलीकोटका जेसीबी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका- १ दहबगर बस्ने २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी रहेका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जेसीबी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएकाे छ । नगरपालिकाको वडा नं १ दहबगर क्रिकेट मैदान नजिक सडकमा फसेको जीप निकाल्न गएको र फसेकाे जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राति करिब १२:३० बजे लु १ क १२७८ नम्बरकाे जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए ।

घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामीकाे टोली खटिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.