दुर्घटनामा परी मलेशियामा एक नेपालीको मृत्यु 

रिपोर्ट नेपाल | 2019 Jan 26 | 10:26 pm 1792

सोलुखुम्बु, माघ १२ : वैदेशिक रोजगारीको सिसिलामा विगत ३ वर्षदेखि मलेशियामा रहँदै आएका सोलुखुम्बुका एक युवकको  दुर्घटनामा परी   मृत्यु भएको छ ।

जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा परेको थियो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका उनको मृत्यु भएको भाई दानकुबिर राईले जानकारी दिए ।

मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.