दुर्घटनामा परी खोटाङमा प्रधानाध्यापकको मृत्यु

रिपोर्ट नेपाल | 2023 May 22 | 01:47 pm 1609

खोटाङ, जेठ ८ः खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को २ त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो।

ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्याक्टरको पछाडिको पांग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताए। प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.