दुर्इ लाख घुससहित डिएसपी राई पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 07 | 06:34 am 1824

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

शनिबार साँझ कार्यालयमै सेवाग्राहीसँग दुई लाख घुस रकम लिएपछि उनलाई अख्तियार टोलीले साँझ साढे आठ बजे घुस रकम सहित नियन्त्रण लिएको हो।

राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले नागरिकलाई बताए। ‘कति रकम हो खुल्न सकेको छैन अख्तियारले रकम सहित पक्राउ गरेको छ’, सहसचिव दंगालले भने।

उनका अनुसार एक सेवाग्राहीसँग दुर्इ दिनदेखि बार्गेनिङ गरिरहेका थिए। डिएसपी राईले बार्गेनिङ गरेपछि सेवाग्राही भने अख्तियारको शरणमा पुगेका हुन्। शुक्रबार साँझ मात्रै उनकै कार्यक्षेत्रमा पर्ने मोवाइल जुवा अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा मार्दा दुई जुवाडेको झ्यालबाट हामफाल्दा मृत्यु भएको थियो। उनी बौद्ध वृत्तमा प्रमुख भएर गएदेखि नै विवादमा आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.