काठमाडाैं, असोज १२ । अर्धखाँची भुमिकास्थान ५ घर भई हाल जिल्ला काठमाडाैं ३२ काडाँघारी बस्ने बर्ष ३२ को अशोक भट्टराईलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनले अजय कुमार महत्तोलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी पटकपटक गरी ३ लाख लिई सम्पर्क विहीन भएका थिए ।
वैदेशिक रोजगार विभागबाट उपस्थित गराइदिन हुन भनी काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भएको पत्राचार पछि त्यहाबाट खटिएको प्रहरी टोलीले अशोक भट्टराईलाई खोजतलास गर्ने क्रममा काठमाण्डौ नयाँ बानेश्चरबाट पक्राउ गरी अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।