दुबईबाट फर्केर उपचार गराइरहेका एक युवकको मृत्यु

| 2020 Mar 29 | 04:22 pm 2524

बुटवल, चैत १६: बुटवलको धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापा रहेका छन् । मृत्यु बारे लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

थापा गत चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए।

घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।

थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.