दुई सय १० किलो गाँजासहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 16 | 03:06 pm 2362

काठमाडौं, जेठ २ : प्रहरीले सर्लाहीको लालबन्दीबाट दुई सय १० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिकाको दुई अलग स्थानबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

लालबन्दी नगरपालिका ९ मा बेवारीसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जीपबाट १ सय ५० किलो बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिमा जोडिएको सिन्धुली जिल्लाको क्यानखोला र मरिण क्षेत्रमा उत्पादन हुने गाजा सर्लाहीका विभिन्न भाग हुँदै भारतीय बजारमा पुग्ने गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.