दुई सयले घट्याे सुनकाे मुल्य

रिपोर्ट नेपाल | 2021 Jan 18 | 12:54 pm 2605

काठमाडौं, माघ ५ः केही दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो घटेकाे छ। स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २ सयले घटेको हो।

प्रतितोला ९१ हजार ८ सयमा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१  हजार ३०० मा कारोवार भएकामा आजका लागि भने ९१ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी तोलामा  एक हजार २ सय ३० रूपैयाँमा कारोवार भइरहेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.