सुर्खेत, फागुन ९: जिल्लाको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।
आयोगको टोलीले नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।sf
केसीले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत उक्त रकम लिएको अख्तियारले जनाएको छ।
उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाइएको छ।