काठमाडौं, माघ २१ : पशुपती शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको पूर्वपंचहरुको पार्टी राप्रपाको एकतापछि कमल थापाले नेतृत्व गरेको राप्रपाको आकष्मीक बैठन शुरु भएको छ ।
सातवटै प्रदेशका प्रमुखलाई बेलाएर शुरु भएको बैठकमा दुई राप्रपाको एकताले पार्न सक्ने प्रभाव र जिल्लामा उनीहरुको संगठनका विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।
आफूले उठाएको मुद्दालाई दुरुस्तै उठाउँदै एकता भएको राणा र लोहनीको पार्टीले पनि संबैधानीक राजसंस्था र हिन्दु राष्ट्रको आवाज उठाएपछि कमल थापा झस्किएका छन् ।
कमल थापा नेतृत्वको शुरु भएको बैठकमा राजनीतिक, आर्थिक, सचिवालय, स्वाभिमान यात्राका विषयमा पनि छलफल भएको छ । सातवटै प्रदेशका प्रमुखले प्रतिवेदन पेस गर्दै नेतृत्वलाई खबरदारी समेत गरेको छ ।