काठमाडौं, भदौ २५ : काठमाडौंमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुर स्थित एक घरमा कोठा भाडा लिएर बस्दै आएका हेम खत्रीलाई पक्राउ गरिएको हो ।
उनी माथि दुई बालिकालाई बलात्कार गरेको आरोप छ । पीडितले प्रहरी समक्ष दिएको उजुरी अनुसार एक बालिकालाई उनले आइतबार बेलुका बलात्कार गरिसकेपछि खत्रीले बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेका थिए ।
त्यसपछि पिडितबालिकाले अभिभावकलाई खबर गरी जानकारी दिएका थिए । प्रहरीले ती बालिकाको खोज तलासी सुरु गरेको केही समयमा बालिका सँगै अर्किीबालिका पनि बल्खुमा फेला परेको कीर्तिपुर वृत्तका डिएसपी अनिल खड्काले बताएका छन् ।
दुवै बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र बलात्कारको आरोप लागेका खत्रीलाई नियन्त्रणमा लिएर आवास्यक कार्वाही गरिने डिएसपी खड्काले बताएका छन् ।