नवलपरासी, साउन २३: पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी (नारायणी) नदीमा दुई बच्चासहित एक आमाले हाम फालेर आत्महत्याको प्रयास गरेकी छिन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ का लख्खी लोहारकी श्रीमती २४ वर्षीया सुधा विश्वकर्माले २ वर्ष ७ महिनाको छोरा अविनाश वि.क. र १ महिना १५ दिनकी छोरी निकिता वि.क.सहित नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् ।
उनले दुई बच्चासहित त्रिवेणीको ब्यारेज पुलबाट नदीमा हाम फालेकी थिइन । उनले हामफाल्ना साथ स्थानीयले देखेर सुधालाई जीवितै उद्धार गरे पनि उनका दुई छोरा छोरीलाई पनि मृत अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।
घरायसी झगडाका कारण उनले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।