दुई पाङ्ग्रेको पछाडी बस्नेले पनि हेलमेट लगाउने कुराको सर्वत्र विरोध

| 2019 May 20 | 09:11 am 2736

काठमाडौं, जेठ ६: महानगरीय ट्राफिक महाशाखाले आइतबार सार्वजनिक गरेको दुई पाङ्ग्रे सवारी साधनमा पछाडी बसेर यात्रा गर्नेले पनि हेलमेट लगाउनुपर्ने कुराको चौतर्फी विरोध भएको छ । महाशाखबाट सार्वजनिक भए लगत्तै यसको सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिले आक्रोश पोखेका छन् ।

पत्रकार मदन भण्डारीले आफ्नो फेसबुकमा ट्राफिक जाम बढेको बढ्यै छ । त्यता तिर पटक्कै ध्यान छैन । ट्राफिकका हाकीमको नयाँ फण्डा पछाडी बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने भन्दै संकटकालको झल्को दिएको लेखेका छन् । त्यस्तै बागमती सफाई अभियानका अभियान्ता ओम बस्नेतले हेलमेट कम्पनीबाट कमिसन खाने चक्कर भनेर आक्रोश पोखेका छन् ।

अर्का ट्राफिक व्यवस्थापनका विज्ञ प्रकाश भुजेलले पनि आफ्नो फेसबकको भित्तामा यो निर्णय अव्यवहारिक, जनविरोधी र असान्दर्भिक लाजमर्दो लेखेका छन् । भुजेलले यो निर्णय दुई किसिमले आएको उल्लेख गरेका छन् ।

काठमाडौंमा सर्वसाधारण र मध्यमवर्गीय युवा पुस्ताबीच लोकप्रिय टुटल र पठाओ सेवालाई निरुत्साही गरी ट्याक्सी व्यवसायलाई फाइदा पुग्ने एउटा उद्देश्य हो भने अर्को हेलमेटको व्यापार गर्ने गिरोह र आयात कर्ताको कुन्सित नियत पूरा गर्ने योजनामा जुन निर्णय सुनाइएको छ यो अवैज्ञानीक र असान्दर्भिक भएको भुजेलले उल्लेख गरेका छन् । यस अघि झण्डै पन्ध्र वर्ष अगाडी प्रयोग गरिएको डबल हेलमेट प्रकृया असान्दर्भिक भएको भन्दै हटाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.