प्रधानमन्त्री अाेली ‘दुई तिहाईको दम्भमा

| 2018 Jul 08 | 12:36 pm 1992

बुटवल, असार २४:नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको शुरुवात गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली अतिवादतर्फ ढल्केको उल्लेख गर्दै मुलुकलार्इ व्यवहारिक रुपमा समृद्ध बनाउन बेलैमा सच्चिन समेत आग्रह गरे ।

लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकर्ता भर्ती गर्न खोजेको नेता पाैडेलकाे अाराेप छ। देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओलीले एकाधिकारवाद र निरकुंशताको बाटोमा हिडेको पौडेलको तर्क छ।

प्रधानमन्त्रीले देशलाई कम्बोडीया बनाउन लागेको उनको आरोप छ । उनले भने, ‘सरकारले पछिल्लो समयमा गर्दै आएका विभिन्‍न कार्यहरुले यस कुरालाई पुस्टी गरेको छ।’

‘सरकारले निषेधित क्षेत्र किन तोक्ने, जनता सडकमा आउँदा प्रधानमन्त्रीलाइ रेल ल्याउन, ग्यासका चुलामा पाइप घरघरमा पुर्याउन, पानी जहाज ल्याउन कस्ले रोक्छ ?,हिजो माओवादीलाइ जंगलमा बसेर आन्दोलन नगर, राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिलेको सरकारले गलत काम गर्दा जनता सडकमा जान नपाउन भनेर निषेधित क्षेत्र घोषणा गरेको बताए।

विकृतीको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुँच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.