उदयपुरमा दुई घर र एक चर्च भवनमा आगलागी हुँदा लाखौंको क्षति

रिपोर्ट नेपाल | 2019 Oct 30 | 06:21 pm 2381

उदयपुर, कात्तिक १३: बुधबार त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा दुई घर र एक चर्च भवनमा आगलागी भएको छ । उक्त आगलागीबाट करिब ५ लाख बराबरको अनुमान गरिएको छ ।

आगलागीबाट स्थानीय दानबहादुर परियार, मनकुमारी राईको घर र एक चर्च भवन जलेर नष्ट भएको प्रहरीले जानकारी दिए । आगो दानबहादुरको घरबाट सुरु भएर मनकुमारीको घर जल्दै चर्चमा पुगेको थियो ।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात जलेर पूर्णरुपमा क्षति भएको छ भने चर्चभित्रको सामानहरु पनि पूर्णरुपले जलेर नष्ट भएको छ ।

आगलागी भएको खबर पाएलगत्तै आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सुरक्षाटोली, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयबासी परिचालित भई एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

स्थानीय प्रत्यक्ष दर्शीका अनुसार सामान्यरुपमा सुरु भएको आगोले घरभित्रको ग्याँसको सिलिण्डर पड्किएपछि उग्ररुप लिएको बताए । अग्नी पीडितका अनुसार विद्युत सर्ट भई आगलागी भएको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.