दुई किलो कोकिनसहित एक विदेशी पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 31 | 08:52 am 1938

काठमाडौं, माघ १७: नेपाल प्रहरीले दुई किलो दुई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोलिभियाका नागरिक सोल्यानो क्याभेज मिगुल रहेका छन् । उनलाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको प्रहरीले जानकारी दिएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न रहेको भन्ने विशेष सूचना, विश्लेषण र निगरानीका आधारमा काठमाडौं महानगरपालिका २६ ज्याठामा रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको बताइएको छ ।

उक्त कोकिन सुटकेसभित्र फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा फेला पारी मिगुललाई पक्राउ गरिएको र लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.