दीपक मनाङेलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने

रिपोर्ट नेपाल | 2020 Jan 24 | 10:52 am 1630

कास्की, माघ १०: गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) बारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने बुझिएको छ ।

गत मंगलबार नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए ।

गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.