दिवा खाजाले विद्यार्थी नियमित

रिपोर्ट नेपाल | 2023 Feb 07 | 08:27 am 1381

कलिकाेट, माघ २४ः सरकारले आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम ल्याएपछि विद्यार्थीको संख्या वृद्धि भएको छ। साना बालबालिका विद्यालयमा भर्ना भई नियमित पढ्न आएबापत दैनिक २० रूपैयाँका दरले खाजा रकम उपलब्ध गराउने वा विद्यालयमै खाजा खुवाउने गरिएपछि भर्ना दर बढेको हो। खाजाले विद्यालयमा भर्ना मात्र होइन, नियमित पनि हुन थालेका छन्।

शुभकालिका गाउँपालिका– २, सालडाँडा आधारभूत विद्यालयमा दिवा खाजा सुरु भएदेखि विद्यार्थी पनि नियमित आउन थालेका छन्। विद्यालयका प्रधानाध्यापक प्रेमध्वज चौलागाईले खाजा सुरु भएसँगै भर्ना दर विस्तारै बढ्दै गएको बताए। पैसा दिँदा पनि विद्यार्थी नियमित रूपमा विद्यालय नआएपछि विद्यालयमै खाजा खुवाउन सुरु गरेको र यसपछि मात्र विद्यार्थी सहभागिता ९५ प्रतिशतले बढेको उनले बताए।

दिवा खाजाले सजिलो भएको विद्यार्थीको भनाइ छ। खाँडाचक्र नगरपालिकाको महादेव आधारभूत विद्यालय बालमन्दिरमा दिवा खाजाले विद्यार्थी संख्या बढेको शिक्षकको भनाइ छ। कालिकोटका सबै आधारभूत विद्यालयमा दिवा खाजा सुरु भए पनि कतिपय विद्यालयमा शिक्षकलाई तलब खुवाउने गरिएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.