दिल्लीमा मञ्जुले धमाका मच्चाउने

| 2023 Mar 02 | 05:30 pm 2849

काठमाडौं, फागुन १८ः चर्चित गायीका तथा कार्यक्रम प्रस्तोता मञ्जु पौडेल भारतको नयँ दिल्ली जाने भएकी छिन् । होली मिलन तथा सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिन विशेष आमन्त्रणमा दिल्ली जान लागेकी पौडेले त्यहाँ रहेका आम नेपालीलाई भरपुर मनोरञ्जन गराउने छिन् ।

No description available.

प्रवासी नेपाली मंच (पंजीकृत) महिला विभाग र मानव कल्याण मित्र मंच नेपालको संयुक्त आयोजनामा फागुन २१ गते हुने सास्कृतिक कार्यक्रममा मञ्जु पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छिन् ।

वीपी कोइराला फाउण्डेशनको विषेश रहयोगमा हुने सास्कृतिक कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित हुने जनाईको छ ।

दिल्लीको प्यारेलाल भवन बहादुर शाह जफर मार्गमा हुने सांस्कृतिक कार्यक्रम गायक गोविन्द पोडेल, हरी पाण्डे, माइकल मगरका साथै गायीका मनमाया प्रजापति हमालको प्रस्तुती रहने कुरा आयोजकले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.