दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

| 2020 Jan 13 | 12:32 pm 1345

जनकपुरधाम, पुस २८ : अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश–२ सरकारले राहत रकम दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो ।

प्रदेश–२ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.