काठमाडौं, साउन १४ : नेकपाका सांसद झपट रावलले दिनको १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको खबर सुन्न राम्रो हुने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद उक्त कुरा बताएका हुन् ।
उनले आठ तला मात्रै होईन त्यो भन्दा माथिबाट हामफालेर मरे पनि कुनै फरक नपर्ने पनि बताए । बालुवाटारको सरकारी जग्गा व्याक्तिको नाममा बनाएको आरोप लागेका तत्कालिन मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहेका युक्तप्रसाद श्रेष्ठले माछा पोखरीको एक सपिङ मलबाट हामफालेर आत्महत्या गरेको प्रसंङ्गमा बोल्दै सांसद रावलले भने, ‘भ्रष्टाचारीले आठ तला भन्दा माथिबाट हामफाले पनि कुनै फरक पर्दैन ।’