दिनभर बाँदरसँग रात परेपछि बँदेलसँग भिडदै किसान

| 2023 Aug 24 | 11:33 am 7041

– सुजन न्याैपाने

अर्घाखाँची, भदाै ७ । नेपाल कृषि प्रधान देश हाे, याे शब्द अहिले नेपाली चर्चित गित “याे त सब भन्ने कुुरा न हाे” जस्तै भईरहेकाे छ । हिजाेआज सहरमा के को चटारो छ थाहा छैन तर गाउँ घर तिर बाँदर र बदेलकाे आतंक छ ।

पछिल्ला दिनहरुमा नेपालका धेरै जिल्ला बाँदर र बदेलकाे आक्रमणमा परिरहेका छन, उखान छ मानाे राेपेर मुरी फलाउने  तर यो उल्टाे बनेकाे छ । मानाे राेपेर मुठि स्याहार्ने परिस्थिति सिर्जना भएकाे छ । पछिल्लो समयमा गाउँघरका खेतबारीहरुमा मकैले ढपक्क ढाकेको छ। मकैले घोंगा हालेकाे छ तर बाँदर र बँदेलले बालीमा पसेर नोक्सानी गरिरहेको छ । जिल्लाको छत्रदेब गाउँपालिकाका, मालारानी गाँउपालिका पाणिनि गाउँपालिका सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिकाका प्रायजसो गाउँहरुमा बाँदर र बँदेलले किसानका अन्नबालीमा ठुलाे क्षती पुर्याएको छ।

बिहान झिसमिसैमा किसानहरु अन्नबालीको सुरक्षा गर्न खेतबारीमै पुग्नु पर्छ । अन्नबाली जोगाउन अनेक उपाय अपनाएपनि जनावरले छक्याएर क्षती पुर्याईरहेकाे हुन्छ । त्यसमाथी बर्षातको समयले झनै गार्हो भएको छ ।  पालैपालो बारीमा र गाैडा गाैडामा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसानहरु हैरान भएका छन ।  दिनभर बाँदर र रातभर बँदेलको डर छ, रातभर बँदेल लखेट्न जागाराम बस्नु पर्छ । पछिल्लाे समय जंगली जनाबरहरुबाट किसानले निकै ठुलो समस्या व्यहोरिरहेका छन् । बाँदर र बँदेल आतंक अहिले मानिसको नियन्त्रणभन्दा बाहिर जान थालेको छ। अन्नबालीसँगै मानिसमाथीनै आक्रमणको सम्भावना बढ्दाे छ। किसानहरु हैरान भएर बारिमा अन्न जाेगाउन करेन्ट लगाउदा कतिले त ज्यान समेत गुमाउनु परेको छ ।

पछिल्लो समयमा कृषकहरुले मकैमा दाना नलाग्दै मकै काटेर बारिनै खालि गर्न थालेका छन् । यसकारण गाउँमा कहालिलाग्दो अवस्थाको सृजना भएको छ ।  कुराकानीकै बिच छत्रदेबका स्थानीय युवा घनश्याम न्याैपाने भन्छन यस विषयमा स्थानीय सरकारले गम्भीर भएर छिटै उपाय खोज्नुपर्छ। बाँदरको समस्या हल गर्नेछाै भन्ने चुनावी नारानै बनाई हिडेका नेताहरु कुर्सीसम्म पुगे र स्थानीय सरकारकाे नेतृत्व गरिरहेका छन् ।  स्थानिय सरकारले सुरुसुरुमा जंगली जनावरबाट अन्नबाली जोगाउन हेरालुको व्यवस्थासम्म गरे। सुरुका केही दिनमा प्रभावकारी देखिएपनि खासै उपलब्धी नभएपछि त्यसको औचित्य समाप्त हुँदै गयो । स्थानीयतहले जिल्ला, प्रदेश र संघसँग समन्वयन गरि गाउँमा बस्ति जाेगाउन नयाँ उपायहरुको खोजीमा जुटन पर्ने स्थानीय युवा कुलचन्द्र पाण्डे बताउँछन् ।  समयमा नियन्त्रणका उपायहरु नखोजिँदा तथा स्थानीय सरकारले बेलैमा ध्यान नपुर्याउँदा किसानको मेहनत खेर जाने अवस्थामा छ। बाँदर र बँदेलकै समस्याका कारण कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो छाेडेर बिकल्पको खाेजिमा गाउँ छाेडने अवस्था निर्माण भएको छ ।

बेलैमा स्थानीय सरकारका नेतृत्वकर्ताहरुले यस विषयमा गम्भिर भएर नसोच्ने हो भने गाँउ रित्तिएको टुलुटुलु हेरेर बस्ने अवस्था नआउला भन्न सकि्न्न ।

तस्विर : प्रेमनारायण आचार्य/ दिपेन्द्र पाैडेल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.