दिदीबहिनी महिला बचत तथा ऋण सहकारीबाट ५ लाख चोरी

रिपोर्ट नेपाल | 2018 Jul 30 | 05:12 pm 3493

चितवन, साउन १४ : आज बिहान सहकारी संस्थाबाट पाँच लाख चोरी भएको छ । भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाबाट उक्त रकम चोरी भएको हो ।

आइतबार संकलन भएर सहकारीमा राखेको पाँच लाख रुपैया चोरी भएको संस्थाका अध्यक्ष सरस्वती शाह कतिलाले बताइन्। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलसिंह राठौरले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.