काठमाडाैं, असोज २ । कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखाल १२ बालुवा घर भई हाल कुलेश्वर बस्ने अप्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले श्रेष्ठको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी फरार भएका थिए । घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा काठमाडाैं २८ बागबजार घर भई हाल सितापाईला बस्ने बर्ष ४४ को सुरज गुरुङ समेतका मानिसहरु रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा सुरज गुरुङ सहित संलग्न रहेका अनवर हुसेन अंसारी (मोटर साइकलमा पछाडि बसि सिक्री तान्ने मानिस ) पर्सा बिरगन्ज, शक्ति भौमिक (सुन बिक्री गर्न सहयोग गर्ने ) भारत, सचिन गाड्वे ( सुन खरिद गर्ने मानिस ) भारत लाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरी सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत कालिमाटी पठाईएको सुचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।