कन्चनपुर, मंसिर १९ : बलात्कारपछि हत्या भएको लामो समय वित्दा पनि निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै अधिकारकर्मीहरुले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन्। बुधवार दिउँसो अधिकारकर्मीहरुले टर्च बालेर साङकेतिक विरोध स्वरुप न्यायको खोजी गरेका हुन।
बलात्कारपछि हत्या भएको लगभग चा र महिना भए पनि सरकाकारले हत्यारा पत्ता लगाउन नसकेको प्रति अधिकारकर्मीहरूले व्यङ्ग्यात्मक कार्यक्रम गरिएको कञ्चनपुरकी अधिकारकर्मी एवम् समितिका सदस्य निर्मला जोशीले बताइन् । उनले भनिन् ‘सरकारले हत्यारा खोजेनन् , हामी आफैले हत्यारा खोज्नुपर्ने बाध्यता भयो ।’ अधिकारकर्मी निर्मलाका अनुसार प्रशासन, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयको गेटमा टर्च बालेर सरकार र हत्यारा खोजी गरिएको छ ।

अहिलेसम्म पनि न्याय पाइएको छैन्, हराएको न्याय खोज्न कै लागि टर्च बालेर खोजी गर्न लागेका हौं’, अधिकारकर्मी शारदा चन्दले भनिन् । अधिकारकर्मीले चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। प्रशासन कार्यालयको परिसरभित्र ३० मिनेटजति धर्नासहित नारावाजी गरेका अधिकारकर्मीले त्यसपछि टर्च बालेरै प्रदर्शन गरेका हुन्।
केहीदिनदेखि चरणवद्ध आन्दोलन गर्दै आएका अधिकारकर्मीले दुई दिन कालोपट्टी बाधेर धर्ना दिएका थिए। उनीहरुले विहिवार महेन्द्रनगरमा विशाल मानव साङलो सहित प्रदर्शन गर्ने कार्यक्रम छ।
कञ्चनपुरसहित देशभर निर्मलाको न्यायका लागि आन्दोलन जारी छ। साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको १ सय ३० दिन बितिसकेको छ।
साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै शव भेटिएको थियो।