दार्चुला बाढी अपडेट: पुरिएर एकको मृत्यु, दुई जना बेपत्ता

| 2021 Aug 30 | 08:44 am 2093

दार्चुला, भदाै १४: दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।  दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको छ भने उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी छिन् ।

दुबैजना श्रीमान् श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने फेला परिसकेको आफन्त आनसिंह महराले बताए ।

दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षति गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्षति भएको स्थानीयले बताएका छन् । खोलाहरुमा रहेको तीन ओटा झोलुंगे पुलहरु तथा एउटा आरसिसि पुल पनि बगाएकाले आवतजावत गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

उद्वारका लागि घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.