दार्चुलामा जीप दुर्घटना,पाँच जनाको घटनास्थलमै मृत्यु

रिपोर्ट नेपाल | 2022 Aug 17 | 06:02 pm 1949

दार्चुला, भदाै १: दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शैल्यशिखर गाउँपालिका वडा-६ का सचीव मनोहर धामीका अनुसार जिपमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन। विस्तृत विवरणसमेत आउन नसकेको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी घटनास्थल पुगेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.