दानवीर भण्डारीले गरे समाजलाई जग्गा दान

रिपोर्ट नेपाल | 2019 Feb 03 | 03:52 pm 3656

तनहुँ, माघ २० :  पैसा कमाएर घर घडेरी खरीद गर्ने प्रतिष्पर्धा चल्ने हाम्रो समाजमा सामाजिक संस्थालाई जग्गा दान गर्ने दानवीर पनि छन् भन्ने प्रमाण पोखराका एक युवाले दिएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार नेपाल विद्यार्थी संघ कास्कीका पूर्वअध्यक्ष तथा नेपाली काँग्रेस कास्कीका सदस्य युवा नेता कल्याणबाबु भण्डारीले तनहुँको ब्यास नगरपालिका वडा नम्बर–५ मा रहेको आफ्नो नामको चार आना जग्गा लोकतान्त्रिक युवा समाजलाई दिएका छन् ।

करिब ३७ लाख मुल्य पर्ने उक्त जग्गा भण्डारीले समाजको भवन निर्माणका लागि प्रदान गरेका हुन् । जग्गादाता युवा नेता भण्डारीलाई लोकतान्त्रिक युवा समाजले एक विशेष समारोहकाबीच सम्मान गरेको छ ।

नोपली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कल्याणबाबुलाई सम्मानपत्र सहित सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.