दाताको सहयोगमा रिपोर्ट नेपालले स्वास्थ्य सामाग्री बाड्यो

रिपोर्ट नेपाल | 2021 Jul 11 | 05:29 pm 4041

गुल्मी, असार २७ः कोभिड १९ का कारण विश्व नै आतंकित भई रहेको बेला रिपोर्ट नेपाल डटकमले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा गुल्मी जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

No description available.

जनतालाई सूसूचित गर्ने पत्रकारदेखि स्वास्थ्यकर्मी समेतलाई उक्त सामाग्री वितरण गरिएको हो । रिपोर्ट नेपाल डटकमका कार्यकारी सम्पादक महेन्द्र पाण्डेय, निर्देशक कृष्ण प्रसाद सापकोटा, वसन्त भुजेल, दिपक थापा, माइकल मगरको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

वामी टक्सार हेल्थपोष्टलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा बरिष्ठ समाजसेवी कृष्णहरी सापकोटा, नेपाली कांग्रेस गुल्मीकी सचिव विष्णु सापकोटा, पूर्व सचिव हरीनारायण सापकोटाको उपस्थिति रहेको थियो ।

No description available.

रिपोर्ट नेपालका निर्देशक कृष्ण प्रसाद सापकोटाले वामी हेल्थपोष्टका प्रमुख डा. राजन ओलीयालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवर र सचिव प्रेम सुनारलाई हस्तान्तरण गरिएको थियो । नेपाल प्रेस युनियनलाई हस्तान्तरण गर्ने क्रममा नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, महासमिति सदस्य महेन्द्र भण्डारी, छन्दबहादुर पहराई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

No description available.

अग्र स्थानमा रहेर जनताको दाह्री कपाल काट्ने नाईहरुलाई पनि सामाग्री हस्तान्तरण गरिएको थियो । प्रेस युनियनका अध्यक्ष रेशम कुँवर र नेपाल नाई संघका अध्यक्ष राधेश्याम ठाकुरले सामाग्री ग्रहण गरेका थिए ।

वितरण गरिएका सामाग्री सेनिटाइजर, पीपी सेट, माक्स, ग्लोब्स रहेका थिए । उक्त सामाग्री खरिदका लागि जापानमा रहेका विष्णु अर्याल, रामकृष्ण बम मल्ल, बुद्ध बस्नेत, गोविन्द रिजाल, रामचन्द्र कुँवर, कृष्ण अर्यालले सहयोग गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य भरत बस्नेत, कलाकार बिनोद केसी, वसन्त भुजेल र शिवमणी भण्डारीको समेत सहयोग रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.