दाजुको कुटाईबाट उदयपुरमा भाईको मृत्यु

रिपोर्ट नेपाल | 2021 May 05 | 05:01 pm 2589

उदयपुर, बैशाख २२ः बुधबार दाजुको कुटाईबाट उदयपुरमा भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षिय खुशिलाल चौधरी रहेका छन् ।

सामान्य घरायसी विवादको कारण उनलाई गत सोमबार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ५० वर्षीय दाजु पुलकित चौधरीको कुटाईबाट गम्भीर घाइते भएका भाईको उपचारको क्रममा मृत्यु भएको हाे ।

घाइते चाैधरीको उपचारको क्रममा  गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

बुधबार दाजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.