दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत (नामावलीसहित)

रिपोर्ट नेपाल | 2018 Dec 22 | 06:05 pm 1828

दाङ,  पुस ७ : दाङमा शुक्रबार साँझ भएको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनाका सबै २३ जना मृतकको सनाखत भएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङले मृतक सवै जनाको सनाखत गरेर सकिएको र शव आफन्तजनलाई बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा  १९ जना पुरुष ४ महिला रहेका छन् । जसमा  दाङका ६ जना, जुम्लाका ११ जना, कञ्चनपुर, डोल्पा, जाजरकोट, बाजुरा, बझाङ,  र रुकुम पूर्वका १–१ जना रहेका छन् ।

मृतकहरु

१. गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
२. सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
३. कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
४. भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
५. जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
६. चन्दननाथ १० का बिपना खत्री
७. चन्दननाथ १० का रुपेश शाही
८. चन्दननाथ १४ का रितेन्द्र शाही
९. चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
१०. चन्दननाथ ३ का हिक्मत बोहोरा
११. चन्दननाथ ६ की कुसुम रावल
१२. हिमा गाउँपालिका ५ की सैलजा शाही
१३. तिला गाउँपालिका १ का जंगबहादुर बिक
१४. तिला ३ का रमेश उपाध्याय
१५. कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
१६. दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
१७. घोराही १४ का विजय जिएम
१८. बबई गाउँपालिका ५ की कविता खत्री
१९. जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
२०. डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
२१. कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
२२. बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
२३. बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.