दाङ दुर्घटनाका १२ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

रिपोर्ट नेपाल | 2018 Dec 22 | 04:54 pm 1756

दाङ, पुस ७ : नेपालगञ्ज र कोहलपुरमा उपचार सम्भव नभए पछि दाङ दुर्घटनाका १२ जना घाइतेहरुलाई हेलिकोप्टर मगाएर काठमाडौं पठाइएको छ ।

रोल्पा परिवर्तन गाउँपालिका ४ का प्रकाश वली सहितका १२ जना घाइतेहरुको अवस्था गम्भीर बन्दै गएपछि उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । उनीहरुको ट्रमा सेन्टरमा उपचार गरिने जनाइएको छ ।

उनीहरुलाई काठमाण्डौ पठाउने कार्यमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षमन्त्री गिरिराजमणि पोखरेल , प्रदेश ५ का मुख्यमन्त्री शंकरपोखरेल , प्रदेश ५ का अन्य मन्त्री र त्यस भेगका सांसदहरुले पहल गरेका थिए ।

शुक्रबार सल्यानबाट दाङतर्फ आइरहेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.